Logo

कस्तो अचम्मको ठाउँँ जहाँ जान्छन् भेडाहरु स्कुल



Spread the love

हामीले मानिसहरू स्कुल जान्न्छन् भन्ने कुरा त सबैलाई थाहा छ तर भेडाहरू स्कुल जान्न्छन् भन्ने कुरा त सायद कसैलाई पनि थाहा छैन ।

युरोपेली मुलुक फ्रान्समा उक्त अनौठो घटना भएको छ । क्रेत्स अन बेलडोन सहरमा रहेको प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेपछि अभिभावकहरूको गुनासोलाई ध्यानमा राख्दै विद्यालयले १५ वटा भेँडालाई स्कुलमा भर्ना गरेको छ ।भेडालाई स्कुलमा भर्ना गरेसँगै भेडाको जन्मदर्ता प्रमाणपत्र पनि पेस गरिएको छ ।गेल लावेल नामका एक अभिभावकले स्कुलमा भेडा भर्ना गर्ने आइडिया निकालेका थिए ।

उनको प्रस्तावलाई सहरका मेयर ज्याँ लुई मेरेले पनि स्वीकार गरे । स्कुलमा भेडाहरू आउन थालेपछि विद्यार्थीहरू पनि  रमाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्