Logo

यस्ता छन् पुदिनाले हाम्रो स्वास्थ्यमा पुर्याउने फाइदाहरु



Spread the love

हाम्रो गाउँघर तिर पुदिना प्रशस्त पाइन्छ ।पुदिनालाई अचार, तरकारी आदिको रूपमा प्रयोग गरिने ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ l पुदिना चिसो ठाउँमा पाइन्छ l यसले हाम्रो स्वास्थ्यमा देखा पर्ने विभिन्न समस्याहरुलाई निको पार्न मद्दत गर्छ ।यस्ता छन् पुदिनाले हाम्रो स्वास्थ्यमा पुर्‍याउने फाइदाहरू:

– पुदिनाको पातलाई पानीमा पकाएर बिहान पिउँदा पेटको दुखाईमा आराम हुन्छ ।

– पुदिनाको तेल, बाम( भिक्स) निधार, नाकमा लगाउनाले टाउको दुखाई ठिक हुन्छ ।

– घाँटी बढी खसखस भएर खोकी लागेमा पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ ।

-पुदिनाले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी पिम्पल्स हटाउन मद्दत गर्छ ।

– यदि काटेको ठाउँमा रगत बग्न बन्द भएन भने पुदिनाको पातलाई निचरेर रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको समेत पार्दछ ।

-कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।

प्रतिक्रिया दिनुहोस्