Logo

बार्सिलोनाद्वारा गेटाफे पराजित



Spread the love

३० बैशाख, काठमाडाैँ – स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन अर्टुरो भिडालले एक गोल गरे । बार्सिलोनाले एक गोल उपहार पाएको थियो ।

खेलको ३९ औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउँदा खेलको ८९ औं मिनेटमा गेटाफेका डिज्ने डकोनामले आत्मघाती गोल गर्दा बार्सिलोनाले २-० ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्