Logo

सलाह, माने र अबुमियाङले जिते गोल्डेन बुट



Spread the love

३० बैशाख, काठमाडाैँ – इंग्लिस प्रिमियर लिग फुटबलको गोल्डेन बुट अवार्ड ३ खेलाडी जितेका  छन् ।

आइतबार सम्पन्न प्रिमियर लिगको गोल्डेन बुट लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पेरिक एम्रिक आबुमियाङले जितेका हुन् ।

प्रिमियर लिगमा यस सिजन तीनै खेलाडीले समान २२ गोल गर्दै गोल्डेन बुट जिते । आबुमियाङ र मानेले आइतबार भएको अन्तिम खेलमा दुई गोल गरेका थिए ।

गत वर्ष मोहमद सलाहले गोल्डेन बुट अवार्ड जितेका थिए ।

यसै गोल्डेन ग्लोभ्सको अवार्ड लिभरपुलका किपर एलिसन बेकरले हात पारे ।

प्रतिक्रिया दिनुहोस्