Logo

पाँचतारे होटलमा आक्रमण गर्ने सशस्त्र बन्दुकधारी समूहका तीन जना मारिए



Spread the love

३० बैशाख, कााठमाडौ ।

पाकिस्तानको बलोचिस्तान प्रान्तमा रहेको एउटा पाँचतारे होटलमा आक्रमण गर्ने सशस्त्र बन्दुकधारी समूहका तीन जना प्रहरीको गोली लागेर मारिएका छन् ।

पाकिस्तानी अधिकारीहरुले तीनै जना आक्रमणकारीलाई सुरक्षाकर्मीले गोली हानि मारिदिएको जानकारी दिएका छन् ।

सो समूहले जाभेर पर्ल कन्टिनेन्टल होटलमा शनिवार अपरान्ह आक्रमण गरेका थिए । सो क्रममा एक जनाको हत्या गरेका थिए । सो होटल अर्बौं डलर चिनियाँ लगानी रहेको रणनीतिक महत्वको बन्दरगाह सहर ग्वादारमा पर्छ । होटलका प्रवक्ताले रमजानको बेला भएकाले होटलमा अतिथि नभएको र कर्मचारी पनि थोरै संख्यामा मात्रै रहेको बताएका छन् ।

बलोचिस्तानमा क्रियाशील रहेको पृथक्तावादी समूह बलोचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिँदै चिनियाँ र अन्य लगानीकर्तालाई लक्षित गरी आक्रमण गरेको उल्लेख गरेको छ । सोसमूहसँग सम्बन्ध भएको अनुमान गरिएको एउटा ट्विटर खातामा थप आक्रमण हुन सक्ने चेतावनी चीन र पाकिस्तानलाई दिइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्