Logo

मुलुकभर डढेलोको प्रकोप, यो साता वर्षकै सबैभन्दा बढी डढेलो



Spread the love

३० बैशाख, काठमाडौ ।

सरकारले डढेलो नियन्त्रणका लागि प्रत्येक वर्ष करोडौं बजेट खर्च गरिरहेको छ । तर, यसको प्रभावकारिता देखिएको छैन । अत्यधिक गर्मी, लामो खडेरी, उच्च वेगको हावाहुरीलगायत कारणले दिनहुँ हजारभन्दा बढीको संख्यामा डढेलो लागिरहेको छ । यो साता मुलुकभर डढेलोको प्रभाव बढी भएको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो वर्षकै सबैभन्दा बढी डढेलो लागेको साताका रूपमा २३ देखि २९ वैशाखलाई लिइएको छ । शनिबारदेखि मौसममा केही फेरबदल भएर वन डढेलोमा केही कमी आउने आशा गरे पनि आइतबार मात्र १ हजार १९ स्थानमा डढेलो लागेको तथ्यांक छ।

वन डढेलो व्यवस्थापन च्याप्टरले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार ६ सय ६० स्थानमा डढेलो लागेको भए पनि आइतबार अत्यधिक क्षेत्रमा डढेलो लागेको थियो । शुक्रबार मुलुकभर २ हजार चार स्थानमा वन डढेलो लागेको थियो भने गत बिहीबार १ हजार ६ सय ७० स्थानमा डढेलो लागेको पाइएको छ ।

चैत, वैशाख र जेठलाई सबैभन्दा बढी डढेलो लाग्ने समयका रूपमा लिइन्छ । तर, सरकारले यस विषयमा संवेदनशील भएर नीतिगत व्यवस्था गरेको पाइँदैन । त्यसैले निकै प्रयास गरेर जोगाइएका रुखबिरुवा क्षणभरमै खरानी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्