Logo

डे जोङलाई बिदाई गर्दै आयाक्सले लेख्यो भावुक वाक्य



Spread the love

३० बैशाख, काठमाडाैँ – केही महिना अगाडी मात्र सम्झौता पत्रमा हस्ताक्षर गरेका डे जोङ बार्सिलोनाका खेलाडी भइसकेका छन् । उनि अब आउने सिजनबाट बार्सिलोनाको जर्सीबाट खेलका लागि युद्ध गर्दैछन् । यस परिस्थितमा डच फुटबल टिम आयाक्सले आफ्ना कुशल मिडफिल्डर फ्र्यांकि डे जोङलाई अब बिदा गर्ने तयारी  गरेको छ ।

बार्सिलोना जान कुनै बाधा नरहेका डे जोङको फोटो पोस्ट गर्दै बिदाईका वाक्यले सम्बोधन गरेको छ । २१ वर्षीय डे जोङको एम्स्टार्डममा खिचेको फोटोमा क्याप्सनले अब उनको बिदा भएको भन्ने आभान गराएको छ ।

आयाक्सको आधिकारिक फेसबुक पेज एएफसी आयाक्समा लेखिएको छ, “तिमि हाम्रो स्टेडियम छोडेर जाँदैछौ भन्नेमा हामी दुखि छैनौँ, तिमिले यहाँ (एम्स्टार्डममा) खेल्यौ हामी यसमा खुशि छौँ ।“

केहि महिना अगाडी मात्र डे जोङले बार्सिलोनाका लागि ५ वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । डे जोङलाई भित्र्याउन बार्सिलोनाले ७५ मिलियन पाउण्ड खर्च गरेको छ । डे जोङसँगै बार्सिलोना आयाक्सकै डिफेण्डर माथिस डे लाइट पनि स्पेन ल्याउन आतुर रहेको छ । यसको बारेमा विभिन्न बहसहरू भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्