Logo

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने टिफरचालक पक्राउ



Spread the love

३० वैशाख , काठमाडौँ । महानगरीय प्रहरी वृत्त स्वयम्भुले १ टिफरचालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ थाक्रे रानीबनका दिपक राउत हुन् । बा.५ ख. ७३९७ नम्बरको टिफरचालकलाई निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै स्थानिय व्यक्तिहरूले प्रहरीलाई सूचना गरि प्रहरीले उक्त टिफरलाई कारबाही गर्न खोज्दा चालकले नगद ५ सय रूपैया दिई कारबाहीबाट बच्न खोजेका थिए ।

प्रहरीलाई आर्थिक प्रलोभनमा परेको भन्दै नगद सहित राउतलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्