Logo

के तपाईहरुलाई थाहा छ ? ज्वानोको प्रयोगले हाम्रो स्वस्थ्यमा हुने फाईदाहरु



Spread the love

ज्वानोको प्रयोगले हाम्रो स्वास्थ्यमा धेरै फाईदाहरु हुन्छन् । ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिन्छ यस लाई खाद्य विशेषज्ञले नेगेटिव कैलोरी फूडमा गणना गर्दछन्। साथै सुत्केरी महिलालाई समेत ज्वानोको झोल खुवाउने गरिन्छ। यस्ता छन् ज्वानोको प्रयोगले हाम्रो स्वास्थ्यमा हुने फाईदाहरु :

– दम लागेका बिरामीले ज्वानोको धुवाँ लिने हो भने श्वास फेर्न सजिलो हुन्छ । ज्वानो र सख्खर मिलाएर दैनिक खाँदा दम रोगबाट राहत पाउन सकिन्छ ।

– रुघा लागेमा, सर्दि भएमा ज्वानो पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ।

– भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाएर बिहान,बेलुका मिश्री पानीसँग नियमित रूपमा खाने गरेमा शरीर दुख्ने समस्या निको हुन्छ।

– पेटमा भएको विकारयुक्त ग्यासबाट मुक्ति पाउन ज्वानो सेवन गर्न सकिन्छ । यसले पेटको ग्यास र विकारबाट तुरुन्त राहत दिन्छ ।जसले गर्दा ग्यास्ट्रिकबाट बच्न मद्दत गर्दछ ।

– ज्वानोले पाचनप्रक्रिया राम्रो बनाउँछ । जसले नियमित दिशापिसाबमा सन्तुलनमा ल्याई तौल घटाउन मद्दत गर्दछ ।

– सुत्केरी महिलालाई ज्वानोको झोल दिएमा शिशुले आमाको दूध प्रशस्त मात्रामा खान पाउँछ।

प्रतिक्रिया दिनुहोस्