Logo

नगर्नुहोस् तौल घटाउने नाममा यस्ता गल्तीहरु



Spread the love

सबै मानिसहरूले आफ्नो शरीरलाई मोटोपनाबाट घटाउन चाहन्छन् त्यसका लागि के के सम्म नगर्ला र ? मोटो शरीर हुनु कुनै चिन्ताको विषय होइन I तर, स्वास्थ्य रहनु आवश्यक रहन्छ । मानिसहरू आफ्नो मोटोपना घटाउनका लागि विभिन्न कार्यहरू अपनाउँछन् । जसले शरीरलाई हानिकारक गरिरहेको हुन्छ ।

ध्यान दिनुहोस् यी कुराहरूलाई जसले पुर्याउछ शरीरलाई हानि :

जिरो क्यालोरी डाइट
मानिसहरू शरीरको तौल घटाउनका लागि गुलियो र पेय पदार्थ पिउन सक्नुहुन्छ। जसले गर्दा स्वास्थ्यलाई हानिकारक बनाइदिन्छ ।

औषधी तथा पिल्स
मोटोपनाबाट छुटकारा पाउनका लागी मानिसहरूले औषधि तथा पिल्स खाने गर्दछन् । तर , यस्तो सेवन गर्नाले स्वास्थ्यमा गम्भीर हानि पुर्‍याउने गर्दछ ।

खाना छोड्ने
तौल घटाउने नाममा लामो समयसम्म पनि खान नखाई बस्नाले शरीरलाई सुस्त बनाउनुका साथै आलस्य हुने र बिरामी बनाउँदछ।

पखाला लाग्ने औषधि
मानिसहरूले आफ्नो तौल घटाउनका लागी पाचन प्रक्रियामा गडबडी गराउने विधि अपनाउँछन् । तर यस्तो प्रयोग गर्नाले
पाचन प्रणालीलाई कमजोर पार्नुका साथै पेट सम्बन्धित अन्य समस्याहरू पनि देखा पर्ने गर्दछ

अत्यधिक व्यायाम
कतिपय मानिसहरूले अत्यधिक व्यायायम गर्नाले तौल घट्छ भन्ने सोच्दछ तर यसो गर्ने हुँदा शरीरलाई घाइते बनाउँद छ। किनकि अत्यधिक व्यायाम गर्नाले मुटुमा असर गर्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस्