Logo

दुई दलबीच एकता



Spread the love

३० बैशाख, काठमाडाैँ – जिल्लामा पूर्व नेकपा (एमाले) र पूर्व नेकपा माओवादी (केन्द्र)बीच एकता भएको छ । दुवैतर्फका नेता सम्मिलित एकता कार्यदलको सिफारिसका आधारमा पार्टीले जिल्ला कमिटी सदस्यहरुको नाम अनुमोदन गरेको पार्टी सचिव मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुवै पक्षका प्रभावशाली नेताहरुलाई जिल्ला कमिटी सदस्य बनाइएको छ ।

पूर्व एमालेका ६८ र पूर्व माओवादी केन्द्रका ५८ र बाँकी अन्य गरेर १३७ सदस्यीय जिल्ला समिति बनाइएको छ । नेपाली काङ्ग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेका खिजीदेम्बाका नेताहरुले पनि जिल्ला समिति सदस्यको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्