Logo

कुकुरको सहयोगमा लागुऔषधसहित २ जना पक्राउ



Spread the love

३१ वैशाख,काठमाडौँ l विमानस्थलमा कुकुरको सहयोगमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौ पिपलबोटका ४३ वर्षीय राजु श्रेष्ठ र मकवानपुर थाहा नगरपालिका–८ बस्ने रेवा पुरीलाई रहेका छन् l
लागू औषध नियन्त्रण व्यूरोको टोलीले अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको पार्किङ क्षेत्रबाट कुकुरको सहयोगमा श्रेष्ठबाट लागू औषध चरेश ४.५ ग्राम बरामद गरेको हो l

साथै पक्राउ परेका श्रेष्ठकै बयानका अनुसार पुरीलाई पनि तिलगंगाबाट  चरेश ३८० ग्रामसहित पक्राउ गरेको व्यूरोले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्