Logo

मेयर कप बुद्धिचाल जेठमा



Spread the love

३१ बैशाख, काठमाडाैँ – काठमाडौँ महानगरपालिका–२४ को आयोजना तथा मखन चेस क्लबको व्यवस्थापनमा पहिलो संस्करणको मेयर कप उमेर समूह बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

आगामी जेठ ३ देखि ५ गतेसम्म हुने उक्त प्रतियोगितामा बाह्र वर्षमुनी (यू–१२) को छात्र तथा छात्रा र यू १६ बुद्धिचाल हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा छात्रछात्रा दुवै उमेर समुहका विजेता खेलाडीले रु ३० हजार तथा उपविजेताले रु १५ हजार पुरस्कार पाउनेछन् ।

त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्नेले रु १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा करीब १५० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्