Logo

महायज्ञमा रु २ करोड सङ्कलन



Spread the love

१ जेठ, पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर १ जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला सिलुवामा भएको नवाह श्रीमद्भागवत कथा ज्ञानमहायज्ञमा करीब रु दुई करोड सङ्कलन भएको छ । यज्ञमा सांसद दलबहादुर राना, प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले आगामी आर्थिक वर्षमा केन्द्र तथा प्रदेश सरकारबाट समायोजन हुने गरी रु ७० लाख विद्यालयको भौतिक निर्माणका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयको भवन निर्माण, प्राविधिक शिक्षा सञ्चालन तथा शैक्षिक विकासका निम्ति सहयोग जुटाउने उद्देश्यले भएको यज्ञमा प्रदेशसभा सदस्य खनालले गुणस्तरीय शिक्षाका निम्ति प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिए । यज्ञमा ३५ मुरी धान र चार मुरी चामल, तुलादान तथा चौरासी पूजा, ग्रहशान्तिलगायतबाट अन्नदान तथा विभिन्न भेटी सङ्कलन भएको छ । वालव्यास पं नारायण न्यौपानेले कथा वाचन गरेको यज्ञ यही वैशाख २३ गतेदेखि शुरु भएकोे हो ।

प्रतिक्रिया दिनुहोस्