Logo

क्रसरका नाइकेले ‘पापा वान’को बेइज्जत गर्दै हिँडेपछि…



Spread the love

१ जेष्ठ, काठमाडौं ।

आइतबार दिउँसो साँढे ११ बजेको थियो । त्यो दिनको दैनिकी सबैको सदाझैँ सामान्य तरिकाले बितिरहेको थियो ।

एकाएक ललितपुर क्रसर व्यवसायीहरुबीचको माहोल बिग्रियो । व्यवसायीहरुमा निकै हलचल मच्चियो । उनीहरु सबैको भागाभाग चलेको दिन थियोे ।

जब क्रसर व्यवसायी संघ ललितपुरका अध्यक्ष सुदर्शन विष्ट पक्राउ परे तव सबै व्यवसायी बीच हलचल मच्चिएको थियो भने कतिको भागाभाग नै चलेको थियो ।

पक्राउ परेका बिष्टलाई छुट्टाउन केही ब्यवसायी दौडधुप गरिरहेका थिए । त्यो घटनाको हलचल अझैसम्म जारी छ । घटना अझै साम्य हुन सकेको छैन । प्रहरीको हिट लिष्टमा अझै दुई व्यवसायी परेका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्