Logo

एउटा अचम्मको चलन जहाँ छोरीलाई नै बनाइन्छ, आमाको सौता



Spread the love

विवाह भन्ने बित्तिकै परम्परा देखि चलि आएको चलन हो । जहाँ दुई व्यक्तिका साथ साथै परिवार बिचको सम्बन्ध भन्ने बुझिन्छ । हिन्दु समाजमा विवाह भन्नाले कन्याका पिताले आफ्नी छोरीलाई अरू कसैलाई सुम्पिएर आफ्नो जिम्मेदारीबाट वञ्चित हुनु हो ।

सबै मानिसहरूको विवाह गर्ने आफ्नै चलन र परम्परा हुन्छ, यसमा कुनै नौलो कुरा छैन l तर बंगलादेशमा विवाहको यस्तो अनौठो प्रचलन छ जहाँ छोरीलाई नै आमाको सौता बन्न बाध्य बनाइन्छ ।

बंगलादेशको दक्षिण पूर्व माधोपुर जङ्गलमा बसोबास गर्ने जनजातिमा यो परम्परा चलिआएको छ । जहाँ आमा र छोरी दुवैले एउटै पुरुषसँग विवाह गर्नुपर्ने बाध्यता रहेको छ ।

यदि विवाहित महिलाको श्रीमानको तत्कालै मृत्यु भएमा उनले पतिको परिवारका कुनै एक पुरुष सदस्यसँग विवाह गर्ने पर्दछ ।त्यसै गरी कुनै एक महिलाको पतिको मृत्यु कम उमेर मै भयो र उनकी छोरी पनि छे, भने आमा र छोरीले एउटै मण्डपमा एकै पतिसँग विवाह गर्नुपर्दछ ।

यस देशको परम्पराअनुसार आफूसँग भएको सम्पतिको अंशबन्डा नदिनका लागि गरिने चलन हो ।यदि यस चलनबाट वञ्चित हुन् खोजेमा त्यस व्यक्तिलाई समाज निकाला पनि गरिन्छ । आमाले नै छोरीलाई यस्तो बनाउँछिन् कि आफ्नै पिताका साथ शारीरिक सम्बन्ध बनाउँन बाध्य हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्