Logo

भष्ट्रचार बढेको भन्दै बाग्लुङ नगरपालिकामा नेकपाद्वारा तालाबन्दी



Spread the love

 

 

२ जेठ, काठमाडौं ।

बागलुङ नगरपालिकका नगरप्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुँवरको कार्यकक्षमा नेकपाका नेताले तालाबन्दी गरेका छन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

नगरपालिका भष्ट्रचार बढेको र ढिला सुस्ती भएको भन्दै तालाबन्दी गरेको नेकपाका नेता कृष्ण पाठकले बताए । नगरपालिकाको नगरप्रमुखमा नेकपाले नै जितेको छ । पछिल्लो समयमा नगरपालिकाले जनतालाई धेरै दुःख धेरै दिएकाले तालाबन्दी गर्न बाध्य भएको पाठकको भनाई छ ।

‘सयौं विकृतिहरु बढेको छ,’ उनले भने, ‘फोहोरको डंगुरलाई सफा नगरे सम्म नगरपालिकाको अवस्था सुध्रिदैन् ।’ पाठकले जनताको नाममा आएको दश करोड बजेट नगरपालिकाले नियतबस फ्रिज गरेको आरोप लगाएका छन । अर्थ मन्त्रालयबाट गत फागुन पहिलो साता पठाएको बिशेष अनुदानको बागलुङ नगरपालिकाको पैयुँपाटा भैरवस्थान सडक कालोपत्र गर्न आएको समपुरक बजेट ७ करोड र थप अनुदानको ३ करोड फ्रिज गरेको पाठकले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्