Logo

तीन महिनाभन्दा कमको मुद्दती निक्षेप लिन नपाइने



Spread the love

२ जेठ, काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेको छ । केही दिनअघि निक्षेप तान्न उपहार योजना सञ्चालन गर्न नपाइने निर्देशन जारी गरेको राष्ट्र बैंकले तीन महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप लिन नपाइने व्यवस्था गरेको हो ।

लगानीयोग्य रकमको अभाव झेलिरहेका बैंकहरूले सीसीडी सन्तुलनमा राख्न उच्च ब्याजदरका साथै उपहार योजनामा समेत प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंक कठोर बनेको हो । लगानीयोग्य रकमको अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाले मुद्दती बचतमा उच्च ब्याजका साथमा अन्य आकर्षक उपहार योजना ल्याएर निक्षेप तान्ने गरेका थिए । अब बैंकहरूले ९० दिनभन्दा कमको मुद्दती निक्षेप उठाउन पाउने छैनन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्