Logo

जान्नुहोस् यी हुन् अङ्गुर खानुका फाइदाहरु



Spread the love

अङ्गुर भन्नाले एक किसिमको फल हो l जसमा रस भरिपूर्ण मात्रामा प्राप्त हुने गर्दछ l अङ्गुर फल मात्र नभएर यसले शरीरलाई तागत दिनुका साथै स्वास्थ्यलाई पनि लाभदायी बनाउँदछ l

जान्नुहोस् के के हुन त अङ्गुर खानाका फाइदाहरू:

दममा
मानिसहरूले अङ्गुरको बढी मात्रामा सेवन गर्नाले फोक्सोमा आर्द्रता बढाउनका साथै दमको समस्या पनि समाधान गर्न मद्दत गर्दछ ।

मुटु रोगमा
यदि मानिसहरूले दिनहुँ अङ्गुर खाएमा रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउनुका साथै रगत जम्नबाट रोक्छ र मुटु रोगको खतरा पनि रोक्ने गर्दछ ।

माइग्रेनमा
प्रत्येक बिहान मानिसहरूले पानीमा नमिसाई अङ्गुरको जुस पिउनाले माइग्रेनमा उपयोगी हुने गर्दछ l सो कारण मानिसहरूले अङ्गुरको रस पिउने बानी बसाल्नुपर्दछ l

कब्जियतमा
अङ्गुरको सेवन गर्नाले यसमा भएको अर्गानिक एसिड, सुगर र सेलुलोजले क्रोनिक कब्जियतलाई समेत उपयोगी हुने गर्दछ l

अपचमा
अङ्गुर खाएमा अपच खानेकुरा र पेटको इरिटेसन हटाउन पनि मद्दत गर्ने गर्दछ ।

थकानमा
अङ्गुरको सेवन गरेमा शरीरमा आइरनको मात्रा बढाउनका साथ साथै शरीरलाई थकानबाट पनि बचाउँदछ l

मिर्गौलाको समस्यामा
अङ्गुर खानाले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्नुका साथै मिर्गौलाको समस्याबाट पनि छुटकारा मिल्ने गर्दछ l

स्तन क्यान्सरमा
मानिसहरूले बढी मात्रामा अङ्गुरको सेवन गरेमा स्तन क्यान्सरको पनि रोकथाम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्