Logo

जान्नुहोस् यी हुन् सुत्नु अघि नुहाउनुका फाइदाहरु



Spread the love

 

सबै जना मानिसहरूको लागि निन्द्रा एकदमै प्यारो चिज हो l जसलाई प्राय मानिसहरूले त्याग्न चाहदैनन् l यदि मानिसहरूको निन्द्रा पुगेन भने आफ्नो काममा पनि ध्यान दिन सक्दैन् र शरीरलाई पनि बोदो र अल्छि गराउँदछ l मानिसहरूले दिनभरि जति काम गरेता पनि राति भने सबैले आरामकै निन्द्रा चाहन्छन् l सो कारण मानिसहरूले आफ्नो निन्द्रालाई राम्रो बनाउनका लागी सुत्नु अघि नुहाउने गर्दछन् l

के के हुन् सुत्नु अघि नुहाउनुका फाइदाहरू :

  • .सुत्नु अघि नुहाउनाले दिनभरको थकानबाट मुक्त भई शरीरको तापमानलाई पनि ठिक पार्दछ । जसले गर्दा मिठो निन्द्रा लाग्ने गर्छ ।
  • सुत्नु अघि नुहाउनाले शरीरको मोटोपनालाई पनि घटाउन मदत गर्दछ l
  • राति सुत्नु अघि नै चिसो पानीले नुहाउनले रोगसँग लड्ने क्षमता बढाउनका साथै रक्त सञ्चारलाई पनि राम्रो हुने गर्दछ l
  • राति नुहाउनाले शरीरलाई फ्रेश बनाउका साथै अल्छीपनालाई पनि सजिलैसँग हटाउन सकिन्छ l
  • राति सुत्नु अघि तातोपानीले नुहाउनाले ब्लड सुगरको स्तर कम गराई निन्द्रा पनि न्यानो लाग्ने गर्दछ l
  • राति सुत्नु अघि नुहाएमा दिनभरको धुलोमाटो र फोहोरमैलालाई शरीरबाट निकाली सफा गर्दछ l जसले गर्दा निन्द्रा पनि मिठो लाग्ने गर्दछ l

प्रतिक्रिया दिनुहोस्