Logo

यी हुन् पेट दुखाई समस्याबाट बच्ने उपायहरु



Spread the love

पेट कसलाई पो नदुख्ला र ? पेट दुख्नु कुनै नौलो कुरा पनि होइन l किन प्राय जसो सबै मानिसलाई पेट दुख्ने बिरामी रहेको हुन्छ l पेट दुख्नुको प्रमुख कारण नै अपच हुने, ग्यास्टिक, कब्जियत जस्ता समस्याहरू हुन् l तर अब यसलाई चिन्ता लिनु पर्ने कुरा भने छैन । किनकि घरेलु उपायबाट पनि यस बिरामीको उपचार हुनुका साथै पेटका किटाणुहरूलाई पनि नष्ट गर्न सकिन्छ ।

हेर्नुहोस् यी उपायहरू जसबाट बच्न सकिन्छ पेटको दुखाईको समस्याबाट :

यदि पेट दुख्ने बिरामीहरुले ज्वानालाई भुटेर बीरे नुनसँग पिसेर पाउडर बनाई तातोपानीसँग मिलाएर दिनमा तीन पटक पिउनाले पनि पेट दुख्ने समस्याबाट मुक्त हुन् सकिनेछ ।

पेट दुखाईबाट बच्नका लागि जिराको दानालाई भुटेर पाउडर बनाई तातोपानीसँग पिउनाले पेट दुखाई बिरामीबाट टाढा रहन सकिनेछ ।

पेट बिरामीले पुदिना तथा कागतीको र त्यसमा बीरे नुन वा अदुवा मिलाएर पिउनाले पनि यस बिरामीबाट छुटकारा मिल्न सकिन्छ, र एकदमै फाइदाजनक हुन्छ।

मानिसहरूले सुकिसकेको अदुवालाई चपाएर खानाले पनि यसबाट बच्न सकिन्छ l

कालो चिया पिउनाले पनि बढी जसो मानिसहरूको पेट दुखेको समस्या निको हुने गर्दछ

कसै मानिसलाई एसीडीटीको कारणले पेट देखेको हो भने त्यस्ता मानिसले पानीमा थोरै मात्रामा खाने सोडा मिसाएर पिउनु पर्दछ जसले गर्दा यस बिरामीबाट दुरी बनाउन सकिनेछ l

पेट दुखेको व्यक्तिहरूले घ्यूमा हरियो धनियाँको रस मिलाएर पिउनाले पनि पेटको दुखाईबाट मुक्त हुन सकिन्छ।

अनारको दानामा थोरै मरिचको धुलो र बीरे नुन मिलाएर खानाले पनि यस बिरामीबाट मुक्त हुनेछ l

प्रतिक्रिया दिनुहोस्