Logo

जान्नुहोस् कपुरको प्रयोगबाट हुने फाईदाहरु



Spread the love

 

साधारणतया कपुर भन्नाले एक किसिमको सेतो पदार्थ हो l जसले पुजापाठ गर्नुमा मदत पुर्‍याउनका साथै कपडाहरूमा पनि प्रयोग गर्ने गर्दछौ l जसले गर्दा कपडाबाट आउने दुर्गन्धलाई टाढा राख्ने गर्दछ l तर यी चिजहरू बाहेक यसले स्वास्थ्यलाई पनि फाइदाजनक रहेको छ l जसले गर्दा मानिसलाई लागेको बिभिन् रोगहरूबाट छुटकारा मिल्न सकिन्छ l

आउँ बाथ भएमा
यदि कसै व्यक्तिलाई आउँ बाथ भएमा कपुरको पाउडर बनाएर एक ग्लास पानीमा पकाएर खाने बानी गरेमा आउँ बाथ निको हुने गर्दछ l

पुरानो खोकीमा
खोकी लागेका व्यक्तिले मरिच र कपुरको पाउडरलाई केराउको दाना जतिकै गोली बनाएर दिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकी ठिक हुन्छ ।

पुरानो बाथमा
कसै व्यक्तिलाई बाथ लागेमा एक चम्चा तेलमा कपुर तताएर मालिस गरेमा पुरानो गठिया बाथ आदि जति हुने गर्दछ ।

निद्रा नलाग्नेमा
यदि सुत्ने वखतमा निन्द्रा नलागेमा तातोपानीसँग कपुर मिसाएर खाँदा निद्रा लाग्नुका साथै आराम पनि मिल्ने गर्दछ l

दम रोग
यदि कुनै व्यक्तिलाई दमको रोग भएमा त्यस्ता व्यक्तिहरूका लागी कपुर अचूक औषधि हाे । किनकि कपुरलाई तातोपानीसँग बिहान–बेलुका सेवन गर्नाले दम रोगबाट छुटकारा मिल्ने गर्दछ l

ढाडको समस्या
कपुरको सेवन गर्नाले ढाड सम्बन्धी समस्याहरूलाई पनि दुर लैजाने गर्दछ l

प्रतिक्रिया दिनुहोस्