Logo

एसिया कप व्हिल चियर टी-ट्वान्टीः भारत फाइनलमा



Spread the love

३ जेठ, काठमाडौं – घरेलु टोली नेपाल एक खेल अगावै एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटबाट लगभग बाहिरिएको छ ।

बिहिबार भएको खेलमा भारतले पाकिस्तानलाई १७ रनले पराजित गरेपछि नेपालकाे अघिल्लाे चरण प्रवेशकाे सम्भावना गणितमा अडिएकाे छ । भारत भने लगातार दुई जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नेपाल बिहिबारनै भएको खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो । जुन नेपालको लगातार दोस्रो हार हो ।

किर्तिपुरस्थित टियु मैदानमा भारतले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदा मात्र १ सय ७६ रन जोड्न सफल रहयो ।

यस अघि ब्याटिङ गरेको भारतले पुरा २० ओभरमा १ सय ९३ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्