Logo

घाइते केनले इंग्ल्याण्डको राष्ट्रिय टोलिमा स्थान बनाए



Spread the love

३ जेठ, काठमाडाैँ – इंग्ल्यान्डले नेसन्स लिगका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बिहिबार २७ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

इंग्ल्यान्ड टोलीमा पछिल्लो समय मैदान बाहिर रहेका कप्तान ह्यारी केनले टिममा स्थान बनाएका छन् । केन गत अप्रिलबाट मैदान बाहिर रहदै आएका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको क्वाटरफाइनलको पहिलो लेगमा केन घाइते भएका थिए ।

मिडफिल्डर रुबेन लोफ्टस, फरवार्ड कलम हड्सन बाहिरिएका छन् ।

इंग्ल्यान्डको टिम :

ट्रेन्ट एलेक्जान्डर अर्नाल्ड, डेल अलि, रोस बार्क्ली, ज्याक बट्लाण्ड, बेन चिल्वेल, फावियन डेल्फ, एरिक डियर, जोए गोमेज, टोम हिटोन, जोर्डन हेन्डरसन, ह्यारी केन, माईकल केआन्ट, जोसे लिङ्गार्ड, ह्यारी मार्गुइरे, जोर्डन पिक्फोर्ड, मार्कुस रास्फोर्ड, नाथन रेडमोन्ड, डेक्लान रेस, डान्यी रोस, जोर्डन सान्चो, रहिम स्टलिङ, जोन स्टोन, किएरान ट्रिपीएर, क्ले वाल्कर, जेम्स वार्ड प्रोव्स, कालुम विल्सन, ह्यारी विन्क्स

प्रतिक्रिया दिनुहोस्