Logo

नदीजन्य पदार्थ उत्खननमा रोक



Spread the love

३ जेठ, मेलम्ची – मेलम्ची नगरपालिकाले आफ्नो क्षेत्रका नदीमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ ।

मेलम्ची नगरपालिका, क्रसर ऊद्योग व्यवसायी र सुरक्षा निकायको आज बसेको संयुक्त बैठकले इन्द्रावती र मेलम्ची नदीमा सञ्चालित नौ त्रसर उद्योगले नदीजन्य पदार्थ उत्खननका लागि प्रयोग गर्दै आएको मेसिनरी औजारलाई आजैदेखि रोक लगाउने निर्णय गरिएको मेलम्ची नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिए ।

यसअघि स्थानीयवासीले क्रसर उद्योग सञ्चालनका कारण वातावरण प्रदूषित भएको, दैनिक जीवनयापनमा गम्भीर असर परेकाले पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए । भूकम्प पश्चात गिट्टी, बालुवा, चिप्सको उत्पादन तथा वितरणमा सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र कार्यालयको निर्णयअनुसार नदीजन्य पदार्थको उत्खननका लागि विसं २०७५ माघ ७ गतेदेखि अनुमति प्रदान गरेको थियो ।

नगरपालिकाले क्रसर उद्योगबाट हाल सङ्कलन भएको नदीजन्य कच्चा पदार्थको मौज्दात परिमाणसमेत यकिन गरी नदी तथा खोलामा मेसिनरी औजार प्रयोग बन्द गरेको हो । मेलम्ची नगरपालिका क्षेत्रभिक्र रहेका त्रसर उद्योगले प्रदेश नं ३ सरकारबाट जारी गरिएको नदीजन्य पदार्थको (सङ्कलन र उपयोग) कार्यविधि, २०७५ मा उल्लेख भएका कानूनी प्रावधान र स्थानीय अनुगमन समितिले दिएको निर्देशनलाई पूर्ण रुपमा पालना गर्नेसमेत निर्णय गरिएको छ ।

सहमति विपरीत मेसिनरी औजार प्रयोग गरी अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा कारवाही गरिने नगरपालिकाका प्रमुख अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्