Logo

सामाजिक विकासमन्त्रीले गरे ‘लाफिङ खाजा घर’ को उद्घाटन



Spread the love

३ जेठ, काठमाडौँ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिहीबार विराटनगरमा एक खाजा घरको उद्घाटन गर्नुभएको छ ।

समाचारको अनुसार स्थानीय सरस्वती ओझा र निलम ढुंगेलले विराटनगरको मेन रोडस्थित सात घुम्तीमा सञ्चालन गरेको ‘लाफिङ खाजा घर’ को उद्घाटन गर्नुभएको हो ।

यसअघि मन्त्री घिमिरेले पत्रकार सम्मेलन गरेर अब मन्त्रालयको बाहेकको कार्यक्रममा नजाने घोषणा गरेका गर्नुभएको थियो । उहाँले मन्त्रालयको योजना कार्यान्वयनका साथै अन्य कामकाज प्रभावित भइरहेकोले औपचारिक कार्यक्रममा नजाने घोषणा गर्नुभएको थियो । आफ्नै घोषणा विपरित उनले सामान्य खाजा पसलको समेत उद्घाटन गर्न भ्याउनुभएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्