Logo

उपचारका क्रममा कैदीको मृत्यु



Spread the love

३ जेठ, भरतपुर – भरतपुरमा उपचारका क्रममा एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको हो ।

थिङ जिउ मास्ने बेच्ने मुद्दामा १० वर्षदेखि काठमाडौँ जिल्ला कारागारमा कैद सजाय भोग्दै आएकी थिइन् । एघार वर्ष जेल सजाय पाएकी थिङले १० वर्ष दुई महीना कैद भुक्तान गरेको र बाँकी १० महीना मात्र रहेको चितवन कारागारका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए ।

क्यान्सर रोगले पीडित थिङलाई १५ दिन अघिमात्र चितवन ल्याइएको उनले बताए । चितवन कारागारमा अझै आठ क्यान्सर रोगका बिरामी छन् । शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ

प्रतिक्रिया दिनुहोस्