Logo

के तपाईलाई थाहा छ सिस्नुले हाम्रो स्वास्थ्यमा कस्तो फाइदाहरु गर्दछ ?



Spread the love

 

सिस्नु एउटा यस्तो चिज हो जसलाई हामीले छुदा पोल्ने गर्दछ तर छुदा पोले पनि यसले हाम्रो स्वास्थ्यमा निकै फाईदा पुर्याउछ l साधारणतय सिस्नुलाई हामीले तरकारीको लागि प्रयोग गर्दछौ l सागसब्जीमा भन्दा सिस्नुमा बढी भिटामिन पाईन्छ l साथै यसमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी, फलाम, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारणले गर्दा हाम्रो स्वास्थ्यको लागि अति उपयोगी रहेको छ l

यी हुन् सिस्नुका फाईदाहरु :

– सिस्नु गर्भवती तथा सुत्केरी महिलाका लागि एकदमै फाइदा जनक छ । जसले गर्दा उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

– सिस्नो राम्रो संग पकाएर खानाले जिउ दुख्ने समस्याबाट मुक्त हुन सकिन्छ ।

– सिस्नुले भाचियको मर्केको हाडहरुलाई समेत जोड्न मद्दत गर्दछ l

– सिस्नुल खाँदा मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि राम्रो हुन्छ l

– पिसाबको समस्या हुने हरुको लागि पनि सिस्नो खानाले धेरै फाइदा गर्छ ।

– शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नोले धेरै गर्दछ ।

– सिस्नुले बाथको समस्या समेत कममद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्