Logo

प्रहरीद्वारा लागुऔषध गाँजा र चरेश बरामद



Spread the love

३ जेठ ,पर्सा । प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ देउरिया टोलबाट ४ क्विन्टल गाँजा र १ क्विन्टल लागुऔषध चरेश बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ५ देउरिया टोलका घरहरुमा खानतलाशी गर्नेक्रममा टोलीले गाउँ सडक र नालाबाट  बोराभित्र लुकाएर राखिएको अवस्थामा उक्त लागुऔषध गाँजा र चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्