Logo

मालपोतका आधा दर्जन कर्मचारी जेल परे



Spread the love

५ जेठ, काठमाडौ ।

बर्दिया जिल्ला मालपोत कार्यालयमा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार तथा मालपोत कार्यालयमा ४१ जनाको दरबन्दी रहेता पनि श्रेणी बिहीन कर्मचारी बाहेक मालपोत तर्फ ८ जना र भूमिसुधार तर्फ ६ जना मात्र कर्मचारी हाल कार्यरत छन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

कार्यालयमा १ जना उपसचिव स्तरको कार्यालय प्रमुख र ३ जना शाखा अधिकृत रहने ठाँउमा हाल कार्यालय प्रमुखको समेत जिम्मेवारी पाएका एक जना मात्र शाखा अधिकृत रहेका छन् ।

प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली काठमान्डौ तालिममा भएको अबस्थामा बाँके जिल्ला प्रहरी कार्यालयमा परेको कर्तब्य ज्यान मुद्दामा अनुसन्धान हुने क्रममा पक्राउ परेका बाँके लगाएत मालपोत कार्यालय बर्दियाका मालपोत अधिकृत रामकुमार रोका, ना.सु. कृष्णलाल शर्मा खरिदार भूमिराज पोखरेल कारागार चलान भएका छन् । भने प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली फरहार रहेको प्रहरीले जनाएको छ ।

मृतक मुजिबुल हसन अन्सारीका पत्नी हसरततुन निसा अंसारीले दिएको जानकारी अनुसार प्रहरीले अनुसन्धन गर्दा बर्दिया जिल्ला साबिक नेउलापुर गाबिस वडा नम्बर ७ क अन्र्तरगत पर्ने कट्टा नम्बर १९१ र नेउलापुर ९ ख को केही किट्टा जग्गा नामसारी गरेको कार्य कर्ते भएको आरोपमा ती कर्मचारीहरु कारर्वाहीमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्