Logo

बुद्ध मूर्ति ६ वर्षदेखि प्रहरी निन्त्रणमा



Spread the love

५ जेठ, काठमाडौ ।

शनिबार २५६३ औं बुद्ध जयन्ती। बौद्धधर्मावलम्बीसहित देशभरका अन्यले धुमधामका साथ बुद्ध जयन्ती मनाएका छन्। सुर्खेतमा पनि शनिबार शान्तिको कामनासहित बुद्ध जयन्ती मनाइयो। यो खबर आजका अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

सुर्खेतमा बौद्ध धर्मावलम्बीले मूर्ति प्रतिस्थापन गर्न ल्याएको बुद्ध मूर्ति विवादका कारण ६ वर्षदेखि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। स्थानीय कांक्रेबिहार संरक्षित वनमा स्थापना गर्न ल्याइएको मूर्ति विवादका कारण प्रहरी नियन्त्रणमा रहेको हो। बुद्ध जयन्तीका अवसरमा मूर्ति राख्न लागेको जानकारी पाएलगत्तै स्थानीय प्रहरी प्रशासनले बुद्ध प्रतिमा स्थापना गर्न नपाइने उर्दी जारी गर्‍यो। र्‍यालीमा सहभागी बुद्धमार्गी र प्रहरीबीच झडप भएपछि विवाद उत्पन्न भयो। अदालतसम्म पुग्यो।

जिल्ला अदालत सुर्खेतले ०६९ सालमा गरेको फैसलाअनुसार मूर्ति जिल्ला प्रहरी परिसरमा राखिएको छ। अदालतको फैसलापछि मूर्ति काँक्रेविहार क्षेत्रमा प्रतिस्थापन हुन सकेन। शनिबार त्यही मूर्तिलाई बौद्धमार्गीले पूजा गरेर फर्किए ।

प्रतिक्रिया दिनुहोस्