Logo

यस्ता छन् डकार आउनका कारणहरु



Spread the love

 

साधारणतया खाना खाए पश्चात् निस्कने आवाजलाई डकार भनिन्छ l जसको सङ्केत खाना पचेको मानिन्छ । खाना पचेको सङ्केत भएता पनि घरीघरी डकार आइरहन एसिड रिफ्लेक्सन, एसिडिटी र कैयौँ गम्भीर समस्या पनि हुन सक्छन् । त्यसैले डकारलाई सामान्य रूपमा लिनु उचित हुँदैन ।

डकार आउनका यस्ता छन् कारणहरू :

  • यदि कुनै व्यक्तिलाई अल्सर भएमा पनि बारम्बार डकार आउने गर्दछ । बारम्बार डकार आउनाले छातीमा पीडा महसुस पनि हुने गर्दछ ।
  • लगातार डकार आउनाले सानो आन्द्रामा ब्याक्टेरिया बढ्ने हुन्छ जसका कारणले ब्याक्टेरियाका ‘ड्यूडेनम’ (सानो आन्द्राको एक भाग) पनि प्रभाव पर्दछ ।
  • कसै मानिसहरूको हतारिएर खाना खाने बानी हुन्छ l फलस्वरूप डकार आउने र पाचनमा असर गर्ने गर्दछ ।
  • मानिसहरूले हाई गर्दा वा खाना खादा मुख खोल्ने गर्छन् l जसले गर्दा मुखभित्र हावा पसी धेरै पटक डकार आउने गर्दछ ।
  • यदि खाली पेट हुँदा खाली ठाउँमा हावा भरिन्छ । जसले गर्दा लगातार डकार निस्किने गर्दछन् ।
  • मानिसहरूले जंक फुड, गोभी, केराउ, दाल जस्ता खाना खाने गर्दछन् । जसले गर्दा ग्यास बढाउन साथै डकार आउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्