Logo

स्टर्लिङ इंग्ल्याण्डका कप्तानका लागि योग्यः साउथगेट



Spread the love

६ जेठ, काठमाडाैँ – ईङ्ल्याण्ड फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले म्यानचेष्टर सिटीका फरवार्ड रहिम स्टर्लिङलाई कप्तान बनाउन आफुलाई कुनै सङ्कोच नभएको बताएका छन् ।

उनले नियमित कप्तान ह्यारी केन चोटका कारण मैदानमा उत्रन नसक्ने अवस्थामा म्यानचेष्टर सिटीका स्टार स्टर्लिङले नेसन्स लिगमा टिमको नेतृत्व गर्न सक्ने बताए ।

मुख्य प्रशिक्षक साउथगेटले स्टर्लिङले नेसन्स लिगको सेमिफाईनलमा नेदरल्याण्डविरुद्व टिमको कप्तानी गर्दै सिजनको उत्कृष्ट सुरुवात गर्न सक्ने बताएका हुन् ।

सो खेल स्टर्लिङको राष्ट्रिय जर्सीमा ५० औ खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्