Logo

५० गोल गर्ने मेसी पहिलो खेलाडी, गोल्डेन बुटमा मेसीको बलियो दाबेदारी



Spread the love

६ जेठ,कठमाडाैँ – स्पेनिस बार्सिलोनाका कप्तान लियोनल मेसीले यो सिजन ५० गोल पूरा गरेका छन् । आइतबार ला लिगाको अन्तिम खेलमा एइबारविरुद्ध २ गोल गर्दै मेसीले यो सिजनको ५०औं गोल पूरा गरेका हुन् ।

हिजोको गोलसँगै मेसी यो सिजन युरोपका शीर्ष –५ लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले सबैखाले प्रतियोगिताबाट बार्सिलोनाका लागि ५० गोल पूरा गरेका हुन् ।

एइबारको घरमा भएको खेलमा मेसीले खेलको ३१औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि उनले लगत्तै ३२औं मिनेटमा दोस्रो गोल गर्दै सिजनको ५०औं गोल पूरा गरे ।

यो सिजन मेसीले च्याम्पियन्स लिमगा १२ गोल गरेका छन् भने ला लिगामा गोल ३६ गरेका छन् । त्यसै गरी उनले कोपा डेल रे मा २ गोल गरेका छन् ।

मेस्सीले सबैखाले प्रतियोगितामा कूल ४८ खेल खेल्दै ५० गोल पूरा गरेका हुन् । यो सिजन मेसी युरोपियन गोल्डेन बुटका गतिलो दाबेदार हुन् । मेसीलाई पछ्याइरेका पीएसजीका केलियन एमबाप्पेले ३२ गोल गरेका छन् । एमबाप्पेले लिगमा १ खेल खेल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्