Logo

टोखामा प्रहरीद्वारा डाँकामाथि गोली प्रहार



Spread the love

६ जेठ, काठमाडौं ।

प्रहरीले काठमाडौँको टोखामा एक डाँकालाई गोली हानी पक्राउ गरेको छ। सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो।

दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ । पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाकाले जनाएको छ । प्रहरीले उनको साथबाट हतियारसहित पाँच राउण्ड गोली बरामद गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए । यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई ‘खुंखार डाँका’ भन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्