Logo

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो



Spread the love

 

६ जेठ, नेपालगञ्ज ।

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । कुपोषित बालबालिकाको उपचारका लागि यहाँ स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् ।

तीमध्ये ११४ उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको सुहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बताए ।

केन्द्रमा भर्ना गरेकामध्ये २०५ कुपोषित बालबालिकाले बीचमै औषधि छाडेको पाइएको छ । जसका कारण कुपोषित बालबालिका जोखिममा परेका हुन् । उनीहरूलाई पनि नियमित उपचारमा फर्काउन स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने गरी तयारी गरिएको संयोजक आउजीले बताए ।

सबैभन्दा धेरै कुपोषित बालबालिका जिल्लाको डुडुवा गाउँपालिकामा देखिएका छन् । उपचारका लागि भर्ना भएकामध्ये ८४ डुडुवा गाउँपालिकाका बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्