Logo

यसरी घरमै बनाउनुहोस् पेय पदार्थ र स्वस्थ रहनुहोस्



Spread the love

 

 

गर्मीयाम बढे सँगै बजारमा चिसो पेय पदार्थको माग पनि बढिरहेको छ l गर्मी मौसममा सबै मानिसहरू चिसो पदार्थको सेवन गर्ने गर्दछन् l जसले गर्दा शीतकार प्राप्त हुने गर्दछ l तर गर्मी छ भन्दैमा बजारको चिसो पेय पदार्थ पिउन भने उचित रहँदैन l बजारी पदार्थ पिउनाले हाम्रो शरीरमा नकारात्मक असर परिरहेको हुन्छ । सो कारण बजारमा पाइने चिसो पदार्थ पिउनु भन्दा घरमै बनाएको पेय पदार्थ पिउनु नै बेस रहन्छ l जसको सेवनले स्वास्थ्य लगायत गर्मीबाट पनि छुटकारा दिलाउँदछ l

यसरी घरमै बनाउनुहोस् पेय पदार्थ :

कागती पानी
कागतीमा भिटामिन ‘सी’ को मात्रा बढी पाइन्छ । जसले गर्दा विभिन्न रोग लाग्ने समस्याहरूबाट बचाउनका साथै एन्टिअक्सिडेन्ट्सले शरीरलाई हाइड्रेट राख्छ । जसले गर्दा कागती पानी पिउनु फाइदाजनक मानिन्छ ।

पुदीनाको जुस
गर्मी मौसममा डिहाइड्रेशनको समस्याबाट बच्नको लागि पुदीनाको पात सँगै चिनी र जिराको मिश्रण बनाई पिउने बानी बसाल्नुपर्दछ ल्जसले गर्दा गर्मीको असर कम हुन् जान्छ ।

मही
महि भन्नाले दुधबाट बनेको एक परिकार हो । जसलाई मानिसहरू प्यास मेटाउनका लागी पिउने गरिन्छ l महीमा क्याल्सियम, राइबोफ्लेभिन, प्रोटिन जस्ता स्वास्थ्यवर्धक पोषक तत्त्व पर्याप्त मात्रामा पाइन्छ l जसले गर्दा स्वास्थ्यलाई निकै लाभदायी गराउँदछ ।

नरिवलको पानी
नरिवलको पानी भिटामिन ई पाइन्छ । जसले गर्मीमा शरीरलाई स्वच्छ र सक्रिय राख्नका लागी मदत गर्दछ l उक्त कारण नरिवल पानी पिउनु उचित रहन्छ l

खर्बुजाको रस
खर्बुजाको जुस पिउनाले शरीरलाई ‘हाइड्रेट’ राख्न मद्दत गर्नका साथै यसको सेवनले स्वास्थ्यलाई पनि फाइदाजनक तुलाउदछ l उक्त कारणले यसको जुस पिउने बानी बसाल्नुपर्दछ l

प्रतिक्रिया दिनुहोस्