Logo

थाहा पाउनुहोस् भुइँमा सुत्नका फाइदाहरु



Spread the love

 

 

 

सबै मानिसहरूको प्यारो चिज भनकै निन्द्रा हो l जसबाट मानिसहरूले आफ्नो थकाईलाई बिर्सिएर आनन्द लिने गर्दछन् l उक्त आरामका लागि मानिसहरू महँगा फर्निचर किन्नका साथै नरम ओछ्यान चाहन्छन् l यस्ता ओछ्यानमा सुत्दा आराम भएको त महसुस हुन्छ तर यसले स्वास्थ्यलाई पनि असर पुर्याईरहेको हुन्छ l गद्दासहितको ओछ्यानमा सुत्नाले कम्मर तथा गर्दनको समस्याहरू देखा पर्दछ l तर तपाइहरूले भुइँमा सुत्ने बानी बसाल्नु भयो भने यस्ता समस्याहरूले कहिले पनि सताउन सक्दैन् l

  • यदि कसै व्यक्तिको कम्मर दुख्ने समस्या छ भने त्यस्ता व्यक्तिहरू भुइँमा सुत्ने बानी बसाल्नुपर्दछ l जसले गर्दा कम्मर दुख्ने समस्या हटेर जान सक्दछ l
  • गलत तरिका सुत्ने, काँध र गर्दनमा पीडा हुने समस्या भएका व्यक्तिहरू पनि भुइँमा सुत्दा उचित रहन्छ l भुइँमा सुत्नाले काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि मदत गर्दछ l
  • मानिसहरूको शरीरमा रक्तसञ्चार हुनका लागी पनि मानिसहरू भुइँमा सुत्ने बानी गर्नुपर्दछ l जसले गर्दा दिमागको तालमेल सही हुनका साथै स्वास्थ्य पनि राम्रो रहन्छ ।
  • यदि तपाइहरू आफ्नो थकान र तनाव मेटाउन चाहनु हुन्छ भने भुइँमा सुत्नुहोस् l भुइँमा सुत्नाले मानसिक शान्ति बनाउनका साथै तनाव वा थकानलाई पनि भगाउँदछ l
  • कसै व्यक्तिलाई निन्द्रा लाग्दैन र टाउको दुख्छ भने त्यस्ता व्यक्तिले भुइँमा सुत्ने बानी बसाल्नु पर्दछ l जसबाट मिठो निन्द्रा लाग्नका साथै टाउको दुखाईबाट मुक्त भई ताजापन महसुस गरिन्छ l

प्रतिक्रिया दिनुहोस्