Logo

के तपाईको आँखा चिलाउने र पोल्ने समस्या छ ? अपनाउनुहोस् यी उपायहरु



Spread the love

 

मानिसहरूले घन्टौँ सम्म टिभी हेर्दा, मोबाइल हेर्दा, कम्प्युटरमा काम गर्दा वा धूलो पर्दा आँखा पोल्न थाल्छ र आँखाबाट आँसु आउँदछ l आँखा चिलाउँदा बारम्बार हात लगाउँदा वा माड्दा पनि यस्तो समस्याहरू देखा पर्दछ l यसका लागि मानिसहरू आई ड्रपको प्रयोग गर्दछन् l तर यसको प्रयोग बिना नै केही घरेलु उपायहरूले पनि आँखालाई आराम दिलाउन सकिनेछ l

आँखा चिलाउने र पोल्ने समस्या समाधानको लागी अपनाउनुहोस् यी उपायहरु:

काँक्रो
मानिसहरूले शीतलताका लागि काँक्रो खाने गर्दछन् l तर यसलाई खान मात्र प्रयोग नगरी आँखा पोल्ने र चिलाउने जस्ता समस्याहरूबाट पनि छुटकारा मिल्न सकिनेछ । यसका लागि काँक्रोको पातलो टुक्राहरू बनाई आँखामा राख्नुस् । जसले गर्दा आँखालाई आराम दिलाउनका साथै कालो घेरालाई पनि हटाउँदछ l

चिसो पानी
यदि तपाइको आँखा चिलाउने वा पोल्ने भएमा एउटा सफा कपडालाई चिसो पानीमा भिजाएर आँखामा राख्नुस् । यसले गर्दा आँखालाई चिसो पुग्छ । र आराम मिल्ने गर्दछ l

दूध
थोरै कपासलाई चिसो दुधमा भिजाएर आँखामा राख्नुहोस् l जसले गर्दा तपाइको आँखामा चिसो हुन जान्छ l र यसबाट केही राहत मिल्ने गर्दछ l

ग्रीन टी
यदि तपाइको आँखा पोल्ने वा चिलाउने भएको छ भने एक कप पानीमा ग्रीन टीका मिसाएर उमाल्नुस् र उम्लिएर पानीलाई चिसाउनुहोस् र चिसिएको पानीले आँखालाई धुनुहोस् l जसले गर्दा आँखा ताजा हुनका साथै पोल्ने पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्