Logo

मिडियासम्बन्धी विधेयक पार्टीमा छलफल विना नै संसद्मा दर्ता हुँदा विवाद सिर्जना भयो : नेता नेपाल



Spread the love

७ जेठ, दाङ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले गएको वैशाख २६ गते संसद्मा दर्ता गरिएको मिडियासम्बन्धी विधेयकका विषयमा पार्टीमा छलफल नभएको बताएका छन् ।

उनले पार्टीमा छलफल विना नै विधेयक संसद्मा दर्ता गरिएको हुँदा केही विवाद सिर्जना भएको बताए । प्रेस सङ्गठन दाङको आयोजनामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विधेयकलाई लिएर पत्रकारले असन्तुष्टि जनाइरहेकाले पत्रकारको हित विपरीत भए सच्याइने पनि उल्लेख गरे ।

उनले पछिल्लो समय सञ्चार संस्थामा देखिएको मनपरीलाई भने सच्याउन आवश्यक रहेको धारणा व्यक्त गरे । “मनपरी लेख्नेलाई नियन्त्रण गर्न जरुरी छ, तर सञ्चार क्षेत्रलाई नै असर पुग्ने गरी विधेयक आउदैन”, उनले भने, “पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएको विकृतिलाई रोक्नका लागि पत्रकारका नेता र राज्यका निकाय अग्रसर हुनुपर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आफ्नै बारेमा पनि पटक पटक पत्रकारहरूले गलत सूचना दिने, गलत टिप्पणी, विश्लेषण गरेकाप्रति असन्तुष्टि जनाउँदै केही सञ्चारकर्मीले गरेको गलत कामको सजाय सबैले पाउन नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्