Logo

अंश जोगाउने लोभले १ लाखमा पत्नीको हत्या



Spread the love

murder

वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको खबर आजको कान्तिपुरमा छापिएको छ ।

सर्लाही गोडैता ११ का ३५ वर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट खुलेको हो ।

बबिता जागिरको सिलसिलामा एक वर्षदेखि वीरगन्ज बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी प्रमुख नरेन्द्रप्रसाद उप्रेतीले बविताले सम्बन्ध विच्छेदसहित अंशका लागि सर्लाही अदालतमा मुद्दा दिएको र अंश दिने आदेश भएको बताए ।

‘उक्त अंश जोगाउनलाई अमरेन्द्रले भाइ नाता पर्नेबाट हत्या गराएको खुलेको छ ।’ उप्रेतीले भने ।

बबिता जागिरे भएर उसले अंश लिई अकैसँग विवाह गर्नसक्ने नकारात्मक सोचबाट प्रेरित भएर हत्या गराएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्