Logo

लौकाको जुस पिउनुस्, स्वस्थ रहनुस्



Spread the love

बिहान बिहानै चिया, कफी पिउनु हाम्रो समाजमा पहिले देखि चलि आएको चलन हो l तर चिया कफी पिउनुको सट्टा बरु बिहान एक गिलास लौकाको जुस सेवन गर्‍यो भने हाम्रो स्वास्थ्यमा एक दम फाइदा गर्दछ l लौका सजिलै हाम्रो भान्सामा पाइने हुँदा यसको तरकारीको परिकार बारेमा सबैलाई थाहा नै छ तर लौकाको जुस बारेमा कतिपय मानिसहरूलाई थाहा नहुन पनि सक्छ l त्यसैले जान्नुहोस् लौकाको जुसको सेवनले  हाम्रो शरीरमा हुने फाईदाहरु :

– मुटुको रोगहुनेले लौकाको जुस हरेक दिन बिहान पिउनाले शरीरमा धेरै फाइदा गर्छ ।

– लौकाको जुसमा कार्बोहाईड्रेट पाइने हुँदा यसको जुस सेवन गर्दा मांसपेशीहरुको काम गर्ने क्षमता बढाउँछ ।

– लौकाको जुसमा क्यालोरी र चिल्लो नहुने हुँदा जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा वजन घटाउन मद्दत गर्दछ ।

– लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाई राम्रो बनाउने हुँदा यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिन्छ छ l

– आधा गिलास लौकाको जुुसमा अलिकति मिश्री मिलाएर बिहान बेलुका पिउनाले रगतमा भएका
फोहोर कम हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्