Logo

अमेरिकामा आप्रवासन थुनामा रहेका बालकको मृत्यु



Spread the love

 

संयुक्त राज्य अमेरिकामा १६ वर्षीय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका एक किशोर रहेका छन् l

अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्ससको हिडाल्गो नजिक गत मे १३ मा अवैध रूपमा प्रवेश गरेका ती किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरेको अमेरिकी सीमा सुरक्षाले बताएको छ l

उक्त बालकको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेशनमा मृत्यु भएको थियो । तर अझैसम्म पनि मृत्यु हुनुको कारण भने बाहिरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्