Logo

“प्रधानमन्त्रीले हामीलाई धोका दिनुभयो” , यादव



Spread the love

upendra-yadav-1

सङ्घीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले धोका दिएको बताएका छन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

‘प्रधानमन्त्रीले सहमति एउटा गर्ने र संशोधन प्रस्ताव अर्काे दर्ता गराउने काम गर्नुभएको छ । बुधवार मोर्चाको निर्णयअघि प्रधानमन्त्रीले मलाई फोन गर्नुभएको थियो । उहाँ (प्रधानमन्त्री) ले ‘मैले तपार्इंहरूले भनेजस्तै संशोधनको बुँदा बनाएको थिएँ, तर मन्त्रिपरिषद्मा यस विषयमा केही हेरफेर गर्नुपर्ने अवस्था आयो, त्यसपछि प्रस्तावलाई शेरबहादुर देउवाजीले पनि हेरेर केही फेरबदल गर्नुपर्ने अवस्था आयो भन्नुभयो ।’ लगत्तै मैले देउवाजीलाई फोन गरेँ । तर, देउवाजीले आफूलाई केही थाहा नभएको बताउनुभयो । तीनपटकसम्म संशोधनमाथि परिमार्जन गरेर पछिल्लो प्रस्ताव बनेको थियो । त्यसमा पनि प्रधानमन्त्रीले धोका दिनुभयो ।’ – उपेन्द्र यादव, अध्यक्ष, सङ्घीय समाजवादी फोरम

प्रतिक्रिया दिनुहोस्