Logo

बिहीबारदेखि नकआउट कौस्तुभ कप



Spread the love

८ जेठ, काठमाडौं – कौस्तुभ एकेडेमीको आयोजनामा दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ४६ ब्वाइज टिमको सहभागिता रहने कौस्तुभका प्रिन्सिपल किरणप्रकाश न्यौपानेले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार हात पार्ने छन् ।

जेठ २५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पेप्सीकोलास्थित टाउन प्लानिङको फुटबल मैदानमा हुनेछ । पहिलो संस्करणको उपाधि कस्मिकले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्