Logo

मुगुमा मेयरकप



Spread the love

८ जेठ, मुगु – छायाँनाथ रारा नगरपालिकामा मंगलबारबाट प्रथम मेयरकप सुरु भएको छ । प्रथम मेयर कप उद्घाटन समारोहका सभापति एवं नगर प्रमुख हरिजंग शाही र जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्ण बहादुर रोकायाले संयुक्त रुपमा व्यानर खोलेर मेयर कपको उद्घाटन गरेका हुन् ।

भौतिक पूर्वाधार मात्र विकास नभएर शारीरिक र मानसिक विकास गर्नका लागि पनि प्रथम मेयरकप आयोजना गरिएको नगर प्रमुख हरिजंग शाहीले बताए ।

मेयर कपका विभिन्न खेलमा सहभागी विद्यार्थी, खेलाडीलाई स्वागत गर्दै उपप्रमुख सुन्तला रोकायाले सबैको हातेमालो अपरिहार्य रहेको बताए ।

मेयरकप अन्तरगत माध्यामिक विद्यालय स्तरिय छात्रा, छात्र फुटबल, भलिबल र एथ्लेटिकका खेलहरुको प्रतिस्पर्धा गराइनेछ । उद्घाटन कार्यक्रममा मार्चपास, नृत्य र देउडा प्रर्दशन गरिएको थियो । मेयरकपमा विद्यालय स्तरिय तथा खुल्ला भलिबल, दौडका खेलहरु पनि हुनेछन् ।

मेयरकपमा नगरक्षेत्रका ५ वटा सामुदायीक र २ निजी माध्यामिक विद्यालयका विभिन्न खेल सम्बद्ध विद्यार्थी खेलाडीहरु सहभागी भएका छन् । ७ दिनसम्म चल्ने मेयरकपमा दर्शकहरुलाई थप मनोरन्जन दिनका लागि कर्णालीका चर्चित देउडा गायिका पान्सर बुढालाई पनि निम्त्याइएको छ ।

खेलमा विजेताहरुलाई मेडल, कप र प्रमाण–पत्रको दिइने आयोजक नगरपालिकाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्