Logo

प्रहरीलाई घुुस दिन खोज्ने ११४ पक्राउ, १० रुपैयाँदेखि ४५ सयसम्म घुस



Spread the love
सांकेतिक तस्बिर

८ जेठ, काठमाडौं ।

उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस दिन खोजेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

पछिल्लो ६ महिनामा टिपर, बस, ट्रक, ट्याक्सी र बलेरोका गरी ९३ चालक र ६ जना सहचालक पक्राउ परेका हुन् । १५ जना मोटरसाइकलचालक पनि पक्राउ परेका छन् । प्रहरीलाई घुस दिन खोजिएको रकम ८२ हजार दुई सय १० रुपैयाँ पुगेको छ ।

रानीपोखरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले घुसमा प्रहरीले शून्य सहनशीलताको नीति लिएको बताए । उनले भने, ‘पछिल्ला दिन प्रहरीले घुस लिने र दिनेमा शून्य सहनशीलता नीति लागू गरेको छ । घुस लिने र दिने कोही भेटिए ठाउँका ठाउँ कारबाही गरिने सर्कुलर छ । यो परिणाम यसैको प्रभाव हो । यसलाई प्रहरीले अझ कडाइका साथ कार्यान्वयनमा लैजानेछ ।’

प्रतिक्रिया दिनुहोस्