Logo

चार भाइ एकैसाथ कञ्चनजंघामा



Spread the love

८ जेठ, काठमाडौं ।
विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघामा संखुवासभाका चार दाजुभाइले एकैपटक पाइला टेकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मकालु गाउँपालिका १, इङलुवाका ३५ वर्षीय छिजिनोर्बु शेर्पा, ३३ वर्षीय फुर्वा शेर्पा, ३० वर्षीय तेन्जिङ शेर्पा र २५ वर्षीय पासाङदावा शेर्पा जेठ १ बुधबार बिहान ६ बजे कञ्चनजंघा शिखरमा पुगेका हुन् । उनीहरू माइला, साइँला, काइँला र कान्छा दाजुभाइ हुन् ।

जेठा दाजु गाउँमै बस्छन् । कञ्चनजंघा आरोहण चारै जनाको पहिलोपटक हो । दाजुभाइमध्ये पनि कान्छा पासाङदावाका लागि पहिलो हिमाल आरोहण हो । काइँला तेन्जिङले गत वर्ष एकै सिजनमा दुईपटक सगरमाथा र एकपटक ल्होत्से आरोहण गरेका थिए ।
साइँला फुर्वाले यो वर्ष कञ्चनजंघाको ‘रोप फिक्सिङ’ र ग्रुपसहित गरी दुईपटक शिखर चुमे । ग्रुपसहित शिखर चुम्ने क्रममा चारै दाजुभाइ यसपटक एकै समयमा शिखरमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्