Logo

के तपाईलाई टाउको चिलाउने समस्या छ ? अपनाउनुहोस् यी उपाय



Spread the love

 

टाउको चिलाउनु, यो कुनै नौलो समस्या होइन l कपाल सफा नहुँदा वा जुम्रा र चायाँको सङ्क्रमणका कारण पनि टाउको चिलाउने गर्दछ l तर के तपाइहरूलाई थाहा छ ? टाउको चिलाउँदा छालासम्बन्धी समस्याहरू पनि हुन सक्छन् । l जसले गर्दा हामी रोगको सिकार हुने गर्दछौँ l

यस्ता समस्याहरूलाई हटाउनका लागी अपनाउनुहोस् यी उपायहरू :

  • यदि तपाईँको टाउको चिलाउँदछ भने कागतीको रस प्रयोग गर्नुहोस् l जसमा भएको साइट्रिक एसिडले छालालाई सफा गर्छ र चिलाउने मौका दिँदैन ।
  • टाउको चिलाएमा मनतातो पानीमा स्याउको रस हालेर कपालको जरासम्म पुग्ने गरी लगाउनुहोस् l जसबाट चिलाउने समस्याबाट छुटकारा मिल्ने गर्दछ l
  • मानिसमा टाउको चिलाउने समस्या छ भने त्यस्ता व्यक्तिले जैतूनको तेल र बदामको तेलले टाउको मसाज गर्नुपर्दछ l
    यसो गर्दा चिलाउने समस्या हट्नुका साथै कपाल पनि बाक्लो बनाउँदछ ।
  • यदि तपाइहरूले टाउको दुखेको बेला दहीको प्रयोग गरी टाउकोको मसाज गरेमा यसले छालालाई पोषण दिनुका साथै यस्ता समस्याहरूबाट पनि मुक्त दिलाउँदछ ।
  • टाउको चिलाउने क्रममा नरिवलको तेलमा थोरै कपुर मिसाएर टाउकोको छालामा मसाज गर्नुहोस् । जसले गर्दा चिलाउने समस्यालाई निको बनाउनका साथै छालाका सङ्क्रमणलाई पनि हटाउँदछ ।

प्रतिक्रिया दिनुहोस्