Logo

के तपाइको दाँत किराले खाएको छ ? भने अपनाउनुस् यस्ता उपायहरू



Spread the love

दाँतले अनुहारको सौन्दर्यता लागि मात्र नभई हामीले खाएको खानालाई राम्रोसँग टुक्र्याएर चपाई मसिनो बनाउने काम समेत गर्दछ । जसले गर्दा हामीले खाएको खानेकुरा सहज रूपमा पचाउन र विभिन्न रोगबाट बच्न सकिन्छ । तर हामीले खासै दाँतको ध्यान नदिने हुँदा दाँतमा किरा लाग्ने समस्या उत्पन्न हुन्छ । दाँतमा किरा लाग्नुको मुख्य कारण भनेको नै खाना खाइसकेपछि दाँतलाई सफा नगर्नु हो l जसको कारण दाँतमा किरा लाग्छ ।

दाँतलाई किरा लाग्न यी निम्न्ना उपायहरूअपनाउनु पर्छ:

१. जहिले पनि बिहान–बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने गर्नुपर्दछ।

२. बिस्कुट चकलेट तथा अन्य खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नु पर्छ ।

३.हामीले महिनाको एक पटक ब्रस परिवर्तन गर्नु पर्दछ |

४.दूधे बालबालिकालाई दूध, लिटो ख्वाइसकेपछि दुई चार चम्चा पानी ख्वाउनुपर्छ । यसो गर्दा दूधमा भएको ल्याक्टिक एसिड र खाद्य पदार्थ दाँतको इनामेलको सतहमा टाँसिँदैन र दाँत स्वस्थ रहन्छ ।

५. यदि दाँत दुख्यो वा केही समस्या भयो भने जथाभाबी औषधी सेवन गर्नु हुँदैन , तुरुन्त चिकित्सकसँग सल्लाह बमोजिम उपचार गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्